Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चितवनमा पहिरोमा परी दुई जनाले ज्यान गुमाए,तीन जना वेपत्ता

चितवनमा पहिरोमा परी दुई जनाले ज्यान गुमाए,तीन जना वेपत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १८, २०७८ शुक्रवार • ०९:३४:०२ बजे
  • 1.3K
    SHARES
  • चितवनमा पहिरोमा परी दुई जनाले ज्यान गुमाए,तीन जना वेपत्ता

    चितवन। चितवनमा बिभिन्न स्थानमा आएको पहिरोमा परी दुई जनाले ज्यान गुमाएका छन भने एकै परिवारका तीन जना वेपत्ता भएका छन ।ज्यान गुमाउनेमा पहाडी गाउँ कालिका नगरपालिका–११ सिद्धिको दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङ र एकजनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए । अधिकारी अनुसार आफन्तको घर जाने क्रममा बाटोमाथिबाट आएको पहिरोमा चेपाङ पुरिएका थिए। यस्तै राप्ती नगरपालिका-१२ मा पहिरो जाँदा एकै घरका चारजना बेपत्ता भएका छन् भने एकजनाको शव भेटिएको एसपी अधिकारीले बताए । यस्तै दास ढुंगामा नजिकै ठूलो ढुंगा खस्दा पुन: सडक अवरुद्ध भएको उनले बताए ।

    images

  • सम्बन्धित विषय:

  • # बाढी पहिरो
  • # पहिरो
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology