Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

भ्रष्टाचारको बात लागेको छ !

भ्रष्टाचारको बात लागेको छ !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७८ शुक्रवार • ११:५८:३७ बजे
  • 1.9K
    SHARES
  • भ्रष्टाचारको बात लागेको छ !

    गजल

    गरीबको ढाडमा टेकेर उफ्रिदा सत्ताको मात लागेको छ
    आफै चोख्याउने काम नगर भ्रष्टाचारको बात लागेको छ

    images

    कमिसनको फोहोरी खेलमा तिमी चुर्लुम्म डुबुल्की मार्दा 
    सर्वहाराको पहिचानसंगै अरबौंको हात लागेको छ

    समाजवादको फल खाने आशामा फल कुर्नेहरूलाई
    दुई सय बीस भोल्ट सरह अकस्मात  घात लागेको छ

    चह चह उज्यालो सहित सितलता दिने जूनमा आज
    कल्पना गर्दै नगरेको बोझिलो औंसीको रात लागेको छ

    बेलैमा बुद्धि फिराएर यदि तिमी दुइ हात जोडेनौ भने
    दुर्भाग्य!कहिल्यै सहन नसक्ने दसा साढे सात लागेको छ
                 कृष्ण थापा,तानसेन पाल्पा

  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology