Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोना अन्तर्राष्ट्रिय कार्यसमितिद्वारा मालिका र धवलागिरी गाउँपालिकाका बाढी-पहिरो पीडितलाई घर हस्तान्तरण

मोना अन्तर्राष्ट्रिय कार्यसमितिद्वारा मालिका र धवलागिरी गाउँपालिकाका बाढी-पहिरो पीडितलाई घर हस्तान्तरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७८ शुक्रवार • १२:५४:५२ बजे
  • 2.1K
    SHARES
  • मोना अन्तर्राष्ट्रिय कार्यसमितिद्वारा मालिका र धवलागिरी गाउँपालिकाका बाढी-पहिरो पीडितलाई घर हस्तान्तरण

    म्याग्दीको मालिका गाउँपालिका-७,बिमका बाढी-पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ । गत बर्ष अविरल बर्षका कारण आएको बाढी-पहिरो विस्थापित बिमका दश परिवारलाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर,प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी लगायतको उपस्थितिमा मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओमनारायण जुग्जालीले नवनिर्मित घरको डमी चाबी हस्तान्तरण गर्नुभएको हो ।

    images

    त्यस्तै धवलागिरिका बाढी-पहिरो पीडित १४ परिवारलाई बुधबार गाउँपालिका अध्यक्ष थमसरा पुन मगरको उपस्थितीमा घर हस्तान्तरण गरिएको छ । धवलागिरीको वडा नम्बर ६ ,मराङमा दश र वडा नम्बर ७, धारापानीमा ४ गर निर्माण गरी पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।जिल्लामामा बाढी-पहिरोबाट विस्थापित मध्य ४० परिवारका लागि ४० घर मोनाले बनाइदिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले मोना अन्तर्राष्ट्रिय कार्यसमिति सहित प्रवासमा रहेका सबै म्याग्दीलीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।उहाँले मोनाले निर्माण गरेको घर पीडित परिवारलाई हस्तान्तरण गर्ने काम उदाहरणीय भएको बताउनुभयो । गाउँपालिकाले मोना संग आवश्यक समन्वय र सहकार्य गर्ने अध्यक्ष रोका मगरले बताउनुभयो ।

    m1.jpg

    धवलागिरी गाउँपालिका अध्यक्ष पुन मगरले मोनाले पीडित परिवारको घर बनाइदिएर उदाहरणीय काम गरेको भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै प्रजिअ अधिकारीले धन्यवाद व्यक्त गर्नुभयो । मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओम नारायण जुग्जालीले जिल्लामा बाढी-पहिरोबाट विस्थापित परिवारलाई स्थानिय तहको समन्वय तथा सहकार्यमा जिल्लामा दुई करोड लागतमा ४० वटा घर निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रती घर ५ लाखा रुपैयाँ लागतमा निर्माण गरिएको हो । अध्यक्ष जुग्जालीले नवनिर्मित घरको पूर्णरुपमा भोगचलन गर्न लाभग्राहीलाई आग्रह गर्दै गाउँपालिका मार्फत संरक्षण गर्न अनुरोध गर्नुभयो । अध्यक्ष जुग्जालीले तत्काल राहत सहयोग संगै पीडित परिवारलाई आवास निर्माणका लागि मोनाले अभियान संचालन गरेको स्मरण गर्नुभयो । उहाँले घर निर्माण अभियानमा सहयोग गर्ने प्रवासमा रहेका म्याग्दीली लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । मोना अन्तर्राष्ट्रिय कार्यसमितिका सचीव रमेश पौडेलका अनुसार धवलागिरिको धारापानीका भिम बहादुर कामी ,धन बहादुर कामी ,इन्द्रबहादुर दमाई र खिम बहादुर कामीलाई तथा मराङका गोरे सुनार ,दिलबहादुर जुग्जाली ,शार्के जुग्जाली ,देवदत्त उपाध्याय ,ओमप्रसाद लामगाडे ,खिमबहादुर पुन ,भिमप्रसाद जुग्जाली ,इकप्रसाद पुन ,धनबहादुर जुग्जाली र लाल भक्त जुग्जालि गरि १४ परिवारलाई हस्तान्तरण गरिएको छ ।

     

     मालिकाको बिमका ओमप्रसाद दर्जी ,प्रेमबहादुर दर्जी,चन्द्रबहादुर दर्जी ,खिमबहादुर दर्जी ,ज्ञान बहादुर जुग्जाली ,पुर्ण बहादुर दर्जी ,लालमाया दर्जी ,बलबहादुर नेपाली ,नन्दप्रसाद थापा र खामबिर दर्जी गरि दश परिवारलाई घर हस्तान्तरण गरिएको हो । मोना पुनर्निर्माण समितिका सदस्य दल शेर्पुन्जाको नेतृत्वमा घर निर्माण सम्पन्न भएको हो । घर निर्माणको ठेक्का दुर्गा बुढा मगरले लिनुभएको थियो । मोना आईईसीका अध्यक्ष जुग्जालीका अनुसार मंगला गाउँपालिकामा ४,अन्नपूर्ण गाउँपालिकामा ४ र रघुगंगा गाउँपालिकामा ४ वटा घर निर्माण गरिएको छ । यस अघि बेनी नगरपालिकाका ४ परिवारलाई घर हस्तान्तरण गरिएको मोनाले जनाले जनाएको छ । बाँकी तीन गाउँपालिकाका पीडित परिवारलाई पनि छिट्टै घर हस्तान्तरण गरिने अध्यक्ष जुग्जालीको भनाई छ ।

    घर हस्तान्तरण कार्यक्रममा मालिका गाउँपालिका उपाध्यक्ष खर माया विटालु , मालिका गाउँपालिका-७ का वडा अध्यक्ष रेशम जुग्जाली,जिल्ला प्रहरी कार्यालय म्याग्दीका पडिएसपी श्यामकुमार राई ,मोना आईईसीका निवर्तमान अध्यक्ष एवं प्रमुख संरक्षक चक्रबहादुर थापा,उपाध्यक्ष सुर्जे भट्टचन ,मोना हङकङका पुर्व अध्यक्ष तथा पुनर्निर्माण समितिका सदस्य दल शेरपुन्जा ,सह-कोषाध्यक्ष महेन्द्र खड्का मोना आईईसी मध्यपुर्व उपसंयोजक सुबोध बरुवाल लगायतको सहभागीता रहेको थियो । मालिका गाउँपालिका उपाध्यक्ष विटालुका अनुसार मालिका गाउँपालिकामा गत बर्ष बाढी-पहिरोबाट ६५ घर विस्थापित भएका थिए । भने जिल्लामा कुल २ सय ४७ घरमा पूर्ण रुपमा क्षति पु¥याएको थियो ।म्याग्दी न्युजबाट साभार

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology