Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

धादिङमा पहिरोमा परी ५ सवारी पुरियो,एकजनाको घटनास्थलमै र अर्काको पोखरामा उपचारको क्रममा निधन

धादिङमा पहिरोमा परी ५ सवारी पुरियो,एकजनाको घटनास्थलमै र अर्काको पोखरामा उपचारको क्रममा निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १९, २०७८ शनिवार • १०:१९:२३ बजे
  • 1.3K
    SHARES
  • धादिङमा पहिरोमा परी ५ सवारी पुरियो,एकजनाको घटनास्थलमै र अर्काको पोखरामा उपचारको क्रममा निधन

    धाधिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पाँच वटा सवारी साधन पहिरोले पुरेको छ ।

    images

    पहिरोमा परि दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो ।

    प्रजा सोही ट्रकमा मृत फेला परेका हुन् भने सोनीको आज बिहान उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिए ।

    पहिरोमा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    घटनास्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनीघाटबाट डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । स्थानीय सरकार र सडक विभागको टोली पनि खोज तथा उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बाढी पहिरो
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology