Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

वडाध्यक्षको आक्रमणमा परी एक स्थानीय घाइते

वडाध्यक्षको आक्रमणमा परी एक स्थानीय घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १९, २०७८ शनिवार • १०:३९:४० बजे
  • 1.2K
    SHARES
  • वडाध्यक्षको आक्रमणमा परी एक स्थानीय घाइते

    झापा । झापामा वडाध्यक्षको आक्रमणमा परी एक स्थानीय घाइते भएका छन । जिल्लाको मेचीनगर नगरपालिका १३ का वडाध्यक्ष कृष्णराज सिग्देलको आक्रमणमा परी अर्जुन थेवे गम्भीर घाइते भएका हुन् ।

    images

    सडकमा ढल बनाउने विषयमा विवाद हुँदा वडाध्यक्ष सिग्देलले स्थानीय अर्जुन थेवेको टाउकोमा इटा प्रहार गरेका थिए । थेवेको चारआलीस्थित मनकामना अस्पतालमा प्राथमिक उपचार पश्चात बिएण्डसी हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइते थेवेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । उनको टाउकोमा ६ टाँका लगाइएको छ ।

    शुक्रबार अपरान्ह चारआलीस्थित थेवेको घर अगाडि सडकमा ढल निर्माण गर्ने बिषयमा उनीहरु बीच विवाद भएको थियोे । दुईजना बीच धकेलाधकेल भएपछि वडाध्यक्ष सिग्देलले थेवेको टाउकोमा इटा प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । आज घटनाको बिषयमा छलफल गर्ने गरि वडाध्यक्ष सिग्देललाई मेचीनगरका प्रमुख बिमल आचार्य र उपप्रमुख मिना उप्रेतीको रोहबरमा चार आली चौकीबाट लगिएको बताइएको छ ।

    हालसम्म पीडितको तर्फबाट कुनै किटानी जाहेरी नदिइएको प्रहरीले जनाएको छ । घाइते थेबे नेपाली कांग्रेसको मेचीनगर नगर कमिटीका सचिब हुन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology