दाङ-महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका सहलेखापाल विक्रम राना सहकारीकाे पाँच कराेड २७ लाख रकम हिनामिना मुद्दाकाे प्रमुख अभियुक्त हुन । उनी अहिले पुर्पक्षका लागि थुनामा छन । उनि सहित चार जनालाई पुर्पक्षकालागि कारागार चलान गरिएको छ । २०७१ साल देखि २०७७ साल सम्मकाे अवधिमा रेमिट्यान्सकाे रकम नक्कली खाता खाेलेर हिनामिना गरेकाे अनुसन्धानबाट खुलेकाे छ ।
उनकाे प्रमुख संलग्नतामा सहकारीकाे ठूलो रकम हिनामिना गरेकाे प्रमाण प्रहरीले पत्ता लगाएको हाे । याे घटनामा कार्यसमिति, ऋण समिति सहित लेखा परिक्षकहरु गरि २० जनालाई समेत अदालतले पक्राउ पुर्जी जारि गरेकाे छ । प्रहरीकाे अनुसन्धानमा विक्रम रानाले रकम हिनामिना गरेकाे स्विकार गरेकाे प्रहरी स्राेतले जनाएको छ ।
सहकारी संस्थाकाे सहायक लेखापाल भएपछी विक्रमकाे विलासिताकाे जीवन सुरु भएको थियाे । कहाँ बाट उनकाे यस्तो हाइफाइ जीवन भयाे भनेर धेरैले आश्चर्य मानेका थिए । मासिक २०/२५ हजार तलव भएको व्यक्तिले फेरिफेरि गाडी किन्ने, कलाकारहरु संग घुमफिर गर्ने, म्यूजिक भिडियोमा लगानी गर्ने काम गर्दै आएको उनलाई चिन्नेहरु बताउछन ।