Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

छुवाछुतबारे म्वाइँ खाँदै घाटी रेटे पनि, गाली गरी रेटे पनि परिणाम त मृत्यु हो: शिव परियार

छुवाछुतबारे म्वाइँ खाँदै घाटी रेटे पनि, गाली गरी रेटे पनि परिणाम त मृत्यु हो: शिव परियार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०७८ शनिवार • १५:४८:४७ बजे
  • 1.9K
    SHARES
  • छुवाछुतबारे म्वाइँ खाँदै घाटी रेटे पनि, गाली गरी रेटे पनि परिणाम त मृत्यु हो: शिव परियार

    गायक शिव परियारले रुपा सुनारमाथि भएको छुवाछुतको घटनाको विरोध जनाएका छन्।सामाजिक सञ्जाल मार्फत उनले नेपालमा आधुनिक शैलीबाट जातीय विभेदलाई बढवा दिइएको बताएका छन्।यस्तो छ उनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटस

    images

    “नरिसाउन् ल नानी, बरु यसो बस्ने अरू साथी खोजिदे है, यसो आउँदै गर है”

    कामी भन्ने बित्तिकै म झस्केँ!

    बा,हजुरबा पुस्तामा ठाडै अपशब्द गाली वचन बोलेर गरेको विभेद मात्रै विभेद थियो, अहिले त माया गरेर बोलेर पो व्यवहार गरेको रहेछ नि, यस्तो नि विभेद हुन्छ र? भन्ने पुस्ता यसपटक सामाजिक सञ्जालमा धेरै देखिए। यो अहिलेको पुस्ताले चैँ विभेद गर्ने शैलीमा अलिक आधुनिकता भित्र्याएको पाइयो र जस्तै हुन्छ नि माया गरे जस्तो गर्दै विभेद कायम राख्ने खतरनाक विभेदको आधुनिक शैली।

    ‘गालि गरी गरी घाटी रेटे पनि,
    अथवा ग्वाम्लाङ्गै अङ्गालो हालेर
    गालामै च्वाप्प च्वाप्प म्वाइँ खाँदै
    घाटी रेटे पनि परिणाम त आखिर
    मृत्यु नै हो।’

    तर माया गरेको रैछ नि त, चुम्मा पनि त खाकै रहेछ, तेस्ले घाटी रेटेर मारेको पनि मारेको हो र?

    रिसाको, गाली गलौज त्यस्तो केही गरेको थिएन त, कति राम्रो सँग म्वाइँ खाएर घाँटी रेटेको रहेछ नि, त्यसरी रेट्दा पनि मृत्यु हुन्छ र?

    सामाजिक सञ्जालमा यसपालि यहि सोच स्थापित गर्न  बिचार प्रस्तुत गर्ने क्रम जारी देखियो। प्रस्तुत बिचार अनुसार जातीय विभेद गर्ने शैलीमा पनि अहिले यस्तै आधुनिकताबाट छिरेको प्रस्ट भएको छ।हिजो सम्म हामी जातीय विभेद रहित समता समाजको पक्षमा छौँ भन्नेहरूको मुकुन्डो उत्रेको पनि देखियो र उनीहरूले यही ठान्ने रहेछन् कि माया गरेर,मिठो बोलेर गरिने विभेद विभेद नै होइन भनेर र मैले माथि भनिने च्वाप्प च्वाप्प म्वाइँ खाएर घाँटी रेटेर मार्ने अपराध होइन भने जस्तै।

    यस्तो सोच सहित आधुनिक शैलिको जातीय विभेद कायम राख्न चाहनेहरूलाई रुपा सुनार र सरस्वती प्रधानको यो विषयले झस्काई दिएको हुन सक्छ।अशान्ति भो,सामाजिक सद्भाव खलबलियो, यस्तो के गरेको भन्नेहरूलाई मेरो प्रश्न छ।हिजो आफूलाई उच्च जात भनिने पुस्ताले, हिजोको कथित तल्लो जात भनिने पुस्तालाई, विभेद गर्दा, कथित तल्लो जात बनाइएका पुस्ताले प्रतिवाद या विरोध गर्न सकेनन्।

    आफू माथि भएको विभेद सहन बाध्य भए, किनकि उनीहरूलाई कानुन बनाएर हात खुट्टा बाँधिएको थियो,अत्यन्तै कमजोर बनाइएको थियो।आफू माथि जबरजस्त लादिएको विभेदको प्रतिवाद गर्न नसक्ने अवस्थामा, विभेद सहन बाध्य पारिएका बर्गल्या विभेद सहिदिएकै कारण समाजमा कथित उच्च बर्गले शान्ति महसुस गरे।

    किनकि उनीहरूलाई आफ्नो शान्तिको मात्र चिन्ता थियो्र आफूलाई उच्च जातको मसिहा मान्नेले बोली बचन र जुत्ताको नोकले कथित तल्लो बनाइएका जाति माथि प्रहार गरिरहेर आफ्नालागि निर्माण गरेको शान्ति ति जातीय उत्पीडित बर्गलाई त सधैँ मुर्दा शान्ति झैँ महसुस भइरह्यो।तर आज समय फेरिएको छ। गाउँ गाउँ, सहर सहरमा धेरै रुपा सुनारहरू छन्। उनीहरू छद भेषी सोचलाई बुझ्न चुक्दैनन् र अन्याय सहदैनन, विरोध गर्छन्, अनि आज पनि आफू उच्च भई राखेर अरूलाई निचको दर्जामा देखिरहन चाहनेहरुको फेरि टाउको दुख्न सुरु हुन्छ।

    ‘नरिसाउँ ल नानि’ भनि भनि आधुनिक शैलीमा बिभेदलाई निरन्तरता दियि नै रहने हो भने यो विभेद समाजमा राखिरहेसम्म सरस्वती प्रधान र रुपा सुनार चरित्रको द्वन्द्व समाजमा जारी नरहला भन्न सकिन्न र त्यो पक्कै पनि नेपाली समाजका लागि हितकर हुने देख्दिन म।

    त्यसैले आमा,बाबा, हजुरआमा हजुरबुवाका अपराध अपराध नै होइन भन्ने कुतर्क छोडेर जातीय समता कायम गर्ने बाटो तर्फ सबै नेपाली लाग्न जरुरी छ।किन भने उत्पीडित बर्गल्या छद भेषी जातीय समानता खोजेको हैन र  राज्य, समाज र ब्यक्तिबाट मान्छेले मान्छेलाई गर्ने समता मुखी व्यवहार अपेक्षा गरेको हो।पहिलो कुरा यो दलित भन्ने शब्द वर्ग वा सम्प्रदाय  होईन्र  यो विभेद अन्त्यकालागि संघर्ष गर्न बनाइएको सांगठनिक मोर्चाको नाम हो।

    हिजोको दिनमा समाजले पानी चल्दैन है भनेर चरम जातीय विभेद गरेका नेपालका करिब द्दण् देखि माथि जातहरुको साझा संगठन हो दलित र जातीय विभेद बिरुद्द जातीय समानता होइन कि जातीय समताको लागि यसको आन्दोलन जारी छ र यहाँ खै किन हो पछिल्लो चरणमा दलित  दलित समुदाय भनेर यसलाई  जात नै बनाइएको छ यो गलत छ र २०६२/६३ पछि बनेको गनतान्त्रीक सरकारले हिजो चरम विभेद भोगेका दलित,मधेसि, जनजातिलाई वर्ग उथ्थानको लागि आरक्षण ब्यवस्था गरेको हो,समाबेशि हैसियतमा कोटा उपलब्ध गराएको हो र जसमा दलितको जम्मा ९ प्रतिशतपर्दछ।

    तर आफूलाई सर्वहारा जनताको मसिहा ठान्ने सरकारले अहिले त्यो पनि पुर्ण कार्यन्वयन गर्न बन्द गरेको छ।हरेक विभेदको घटनामा एउटा सामन्त बर्गको पिढि सामाजिक सञ्जालमा कोटा खारेज गर, दलित कोटा खारेज गर भनि भनि कुर्लन्छ र उसको मुख्य टार्गेट नै दलित कोटा खारेज गराउँनु हो र उसले महिला आरक्षण खारेज गर भन्न सक्दैन किनकि महिला आरक्षणका नाममा त ३३ प्रशित उसैको बर्गको प्रतिनिधित्व छ र यो विषयमा बोल्दा उसको आफ्नै बर्गको टाउको फुट्छ भन्ने उसलाई थाहा छ, त्यै भएर डराउँछ।

    उसले जनजातिको आरक्षणको विषयमा त झन् बोल्ने कुरै भएन एक नं. प्रदेश नै बन्द हुने सम्भावना भो, जनजातिहरुहरुसंग भिड्न अलि आँट पुगेन उसको् अब आयो मधेसि समुदाय अहिले तराईका मधेसि समुदायको आरक्षण कतौटिका विषयमा उसले चुइँक्क बोल्न सक्दैन, किनभने देश नै दुइटा बनाउँछु भन्ने थ्रेट र तराई झर्नै बन्द हुने अवस्था आउंन सक्दछ।

    र त्यसैले अब बाँकी को रह्यो भन्दा हिजो चरम जातीय विभेद गरेर दासत्व स्वीकार गर्न बाध्य पारिएका दलित, यिनीहरूलाई पेलेरै ठिक पार्नु पर्छ ,यिनीहरूलाई जे गर्दा नि हुन्छ भन्ने सोचका साथ दलित कोटा खारेज गर भन्ने अभियानका साथ निशाना साँधिएको छ।के २०६२/६३ अगाडि विभेद थिएन दलितको कोटा खारेज हुने बित्तिकै सबले समता मुलक आधिकार पाउँछ?

    जातीय समता सहितको समानता कायम हुन्छ?

    कदापि हुँदैन र यो त जातीय रूपमा हिजो दबाइएका, दलनमा पर्न बाध्य बनाइएका, मान्छे पनि होइन कि चरम जनावर भन्दा पनि नीच व्यवहार खप्न बाध्य पारिएका
    दलितका आजका पुस्ता, जो समाजमा शिक्षित भएर बोल्न थाले, उनीहरूको पनि पहुँच पुग्न थाल्यो, उनीहरू पनि हजुर हजुर गरेर टाउको निहुराएर बोल्नुको सट्टा आँखामा आँखा मिलाएर व्यवहार गर्न थालेपछि, अहो अब हाम्रो भाग खाने भो, भन्ने डरले फेरि उनीहरूलाई त्यही दासत्वको जीवन बाँच बाध्य पारिनका लागि सामन्त जहिले पनि कोटा खारेज गर भन्दै छ र उसले जातीय विभेद हुनु हुँदैन भन्दैन बरु कोटालाई कोठासङ जोडेर बहस गर्छ यो त्यै सामन्तको पिढि हो जसले हिजो मान्छे लाई मान्छे बन्न नदिएकै कारण आज देशमा यत्रो परिवर्तन भई सक्दा पनि एउटा वर्ग हरेक दिन मान्छे हुँ म भनेर आफ्नो अस्तित्व मान्छे भएको संसारलाई बताउँन बाध्य छ।

    आफ्नो व्यक्तिगत सम्पत्तिलाई यदि कसैले आम्दानी गर्नकै लागि सेवाको माध्यम अपनाएर पब्लिक प्लेटफर्म सम्म लान्छ भने चाहे मिठो बोलेर होस चाहे तितो बोलेर होस त्यहाँ जातीय विभेद गर्न पाइँदैन।

  • सम्बन्धित विषय:

  • # छुवाछुत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology