Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

फोटो पत्रकार राईमाथि लाठी हान्ने प्रहरीलाई कारबाही गर्न पिजे क्लबको माग

फोटो पत्रकार राईमाथि लाठी हान्ने प्रहरीलाई कारबाही गर्न पिजे क्लबको माग

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २०, २०७८ आइतवार • १०:०५:२२ बजे
  • 610
    SHARES
  • फोटो पत्रकार राईमाथि लाठी हान्ने प्रहरीलाई कारबाही गर्न पिजे क्लबको माग

    विपक्षी गठबन्धनका विद्यार्थीले शनिबार गरेको प्रदर्शनका क्रममा फोटो खिच्न पुगेका फोटो पत्रकार निमेषजंग राईमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न फोटो पत्रकार क्लब नेपाल (पिजेक्लव) ले माग गरेको छ।

    images

    प्रदर्शनका क्रममा फोटो खिच्न पुगेका राईलाई पत्रकार भएको प्रमाण देखाउँदा देखाउँदै पनि प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको पिजे क्लवले उल्लेख गरेको छ।

    लाठी प्रहारबाट नेपाल लाइभ अनलाइनमा कार्यरत पत्रकार राई घाइते छन्। उनको घुँडामा चोट लागेको पिजे क्लबका प्रवक्ता दिपेश श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख छ।

    ‘फोटो पत्रकारहरूलाई पटकपटक नियोजित रूपमै नेपाल प्रहरीबाट आक्रमण हुने गरेकोप्रति पिजे क्लवको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ। राईमाथि आक्रमण गर्ने प्रहरीमाथि कारवाही गर्न पनि माग गरिएको छ।

    E5YZoRPUcAQh1iM.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology