पोखरा । पोखरा २३ बिरिमकुनामा रहेको इको एग्रो फर्ममा चि'तुवा प'सेर कुखुरा, हाँस र टर्की मा'रेको छ ।
बिहान ४ बजे पसेको चि'तुवाले अन्दाजी सयवटा कुखुरा, ५० वटा हाँस, ४० वटा टर्की र पाँचवटा लौकट कुखुरा मा'रेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार दुई लाख ५० हजार रुपैयाँ बराबरको क्ष'ति भएको छ ।
संखुवासभा जिल्लाको दुधकोशी गाँउपालिका ५ घरभइ अहिले बिरिमकुनामा बस्दै आएका भएका निमा शेर्पाले सो फर्म संचालन गर्दै आएकी थिइन ।
घटना बारे थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकले बताए ।