Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रम ओली र विप्लव नेकपा प्रवक्ता प्रकाण्ड बीच भेटवार्ता : १० दिनभित्र आफ्ना नेता कार्यकर्ता रिहा गर्न माग

प्रम ओली र विप्लव नेकपा प्रवक्ता प्रकाण्ड बीच भेटवार्ता : १० दिनभित्र आफ्ना नेता कार्यकर्ता रिहा गर्न माग

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २०, २०७८ आइतवार • १७:१४:२४ बजे
  • 583
    SHARES
  • प्रम ओली र विप्लव नेकपा प्रवक्ता प्रकाण्ड बीच भेटवार्ता :  १० दिनभित्र आफ्ना नेता कार्यकर्ता रिहा गर्न माग

    पोखरा । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले राष्ट्रिय राजनीतिमा पार्टीको शान्तिपूर्ण ढंगले प्रवेश सामान्य घटनाक्रम नभएको बताएका छन् ।

    images

    आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्लो दिनमा सहमतिलाई कार्यान्वयन गर्ने सन्दर्भमा राज्यपक्षबाट ढिलाइ भएको भन्दै असन्तुष्टि जनाए । उनले यही विषयलाई लिएर आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको जानकारी दिँदै उनले प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा देखिएको उतारचढाव, कोरोना महामारीलगायतका कारण सहमति कार्यान्वयनमा ढिलाइ भएको र छिट्टै सहमति कार्यान्वयनतर्फ जाने प्रतिबद्धता जनाएको बताए ।

    उनले भेटका क्रममा हप्ता १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको जानकारी दिए । ‘३ बुँदेलाई कार्यान्वयन गर्नेसँग सम्बन्धित विषयमा १० दिनभित्र परिणाम निकाल्ने निष्कर्षमा हामी पुगेका छौं’ उनले भने, ‘बन्दीलाई छिट्टै छाड्नुपर्ने हामीले भनेका छौं । यो राजनीति हो, परिवर्तन हो, आन्दोलन हो ।

    सहमति कार्यान्वयन नभए त्यसको ठूलो मूल्य चुक्ता त सरकारले गर्नुपर्छ ।’ विश्वकर्माले सरकारको तर्फबाट राजन भट्टराईलाई आफूहरुको माग पूरा गर्न प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएको पनि जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology