Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बागलुङमा मगर जातिको बाहुल्य रहेको ताराखोला अर्गलमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणले गति लिदै

बागलुङमा मगर जातिको बाहुल्य रहेको ताराखोला अर्गलमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणले गति लिदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०७८ आइतवार • १७:२१:५५ बजे
  • 955
    SHARES
  • बागलुङमा मगर जातिको बाहुल्य रहेको ताराखोला अर्गलमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणले गति लिदै

    बागलुङ । बागलुङमा मगर जातिको बाहुल्य रहेको ताराखोला गाउँपालिका-२ अर्गलमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणले गति लिएको छ ।

    images

    गत मङ्सिरदेखि निर्माण थालिएको सङ्ग्रहालयको ६० प्रतिशत काम पूरा भएको जनाइएको छ । आगामी फागुनभित्र निर्माण सक्ने लक्ष्य छ । २० कोठे सङ्ग्रहालय भवनको दोस्रो तला अहिले ढलान भइरहेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिएका छन् ।

    दुई करोड सोह्र लाख बजेटमा जुम्ली निर्माण सेवाले सङ्ग्रहालय बनाउने जिम्मा पाएको थियो । सङ्ग्रहालय निर्माणमा सङ्घ सरकारसँग गाउँपालिकाको लागत साझेदारी छ । गाउँपालिकाको ५० लाख, पूर्वसांसद देवन्द्र पौडेलको ‘सांसद विकास कोषको ५० लाख र बाँकी बजेट पर्यटन मन्त्रालयले दिएको हो । परापूर्वकालदेखिको समाज, संस्कृति र जीवनशैलीको झल्को दिने गरी सङ्ग्रहालय बन्ने अध्यक्ष घर्तीको बताउएका छन् ।

    “मौलिक कला, संस्कृतिको संरक्षण होस् भन्ने हाम्रो उद्देश्य हो”, उनले भने, “सङ्ग्रहालयले नयाँ पर्यटकीय आकर्षण पनि थप्छ ।” सङ्ग्रहालयको पहिलो तलामा पुरातात्विक महत्वका वस्तु र परम्परागत सामग्री सङ्ग्रह गरिने भएको छ । राजनीतिक परिवर्तनको आन्दोलनमा ताराखोलाले पुर्‍याएको योगदान समेटिएका तस्वीर, वृत्तचित्र जस्ता सामग्री दोस्रो तलामा राख्ने योजना गाउँपालिकाको छ ।

    तत्कालीन माओवादी सशस्त्र युद्धमा ताराखोलाका २७ जनाले शहादत प्राप्त गरेका थिए । सङ्ग्रहालयले सिङ्गो गाउँपालिकाको इतिहास, कला, संस्कृतिका साथै ताराखोलामा रहेका सबै जातीय समुदायको पहिचानको प्रतिनिधित्व गर्ने जनाइएको छ । सङ्ग्रहालयलाई पछि सांस्कृतिक अध्ययन, अनुसन्धान केन्द्रका रुपमा विकास गरिने अध्यक्ष घर्तीले बताए ।

    सांस्कृतिक एकता र भाइचारालाई पनि सङ्ग्रहालयले प्रतिबिम्वित गर्नेछ । बहुसांस्कृतिक सङ्ग्रहालयले ताराखोलालाई नयाँ चिनारी दिने स्थानीय शिक्षक एवं मगर अगुवा बिर्बलाल घर्तीले बताए । सङ्ग्रहालय निर्माणमा गाउँपालिकाले गरेको लगानी स्वागतयोग्य रहेको उनको भनाइ छ । मगर जातिका अनेक परम्परा, रीतिथीति र पर्व ताराखोलामा प्रचलित छन् ।

    ३०० वर्षअघि डोल्पाको ताराभोट र पाल्पाको अर्गलीबाट आएका मगरले ताराखोलामा थातथलो बसाएका थिए । तीनै पूर्वजले बसाइँसराइ गरी आउँदा भित्राएका पर्व र मेलालाई अहिलेका पुस्ताले पनि जोगाइरहेका छन् । ऐतिहासिक भुस पोल्ने पर्व, भदौरे सिस्नो खोस्ने पर्व, असारे मेला, बर्खे मेला आदि ताराखोलाका रैथाने संस्कृति हुन् । हरेक पर्वका आआफ्नै परम्परा र विशेषता छन् ।

    संरक्षण र पुस्तान्तरण नहुने हो भने परम्परा लोप हुने खतरा छ । सङ्ग्रहालय निर्माणसँगै अन्य पूर्वाधार निर्माणका क्षेत्रमासमेत ताराखोलाले फड्को मारिरहेको छ । यसअघि सुविधासम्पन्न सभागृह बनाइसकेको गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणलाई पनि तीब्रता दिएको छ ।रासस

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology