Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निर्माणाधीन घरको छतबाट खसेर एक महिलाको मृत्यु

निर्माणाधीन घरको छतबाट खसेर एक महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०७८ आइतवार • १७:२४:०९ बजे
  • 2.8K
    SHARES
  • निर्माणाधीन घरको छतबाट खसेर एक महिलाको मृत्यु

    काठमाडौं । मध्यपुरथिमि नगरपालिका –१ लोकन्थली रमाइलो चोकमा रहेको राजु श्रेष्ठको चारतले निर्माणाधीन घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

    images

    राति घरका छतमा सुत्न जाने क्रममा रेलिङ नभएको भर्‍याङबाट लडेर खस्दा सोही घरमा परिवारसहित काम गर्न बसेकी मजदुर ३० वर्षीया लीला सदाको घटनास्थलमा मृत्यु भएको हो ।

    सिन्धुली दुधौली घर भएका रामकुमार सदा, श्रीमती र छोरीे तीन जनाको परिवार निर्माणाधीन घरमा काम गर्न बसेकामा राति १० बजे खाना खाएर लक्ष्मी छतमा सुत्न जाँदा घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका वरिष्ठ प्रहरी उपरीक्षक दीपक गिरीले बताए।

    प्रहरी टोलीले घटनास्थल लाश जाँच प्रकृति मुचुल्कापछि परीक्षणका लागि आज केएमसी अस्पताल दुवाकोट पठाइएको छ । रासस

  • सम्बन्धित विषय:

  • # रासस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology