Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जंगलमा भेटिएको शव अपहरणमा परेकी सुजिता भण्डारीको रहेको पुष्टि

जंगलमा भेटिएको शव अपहरणमा परेकी सुजिता भण्डारीको रहेको पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २१, २०७८ सोमवार • ०९:२४:५७ बजे
  • 748
    SHARES
  • जंगलमा भेटिएको शव अपहरणमा परेकी सुजिता भण्डारीको रहेको पुष्टि

    केहि दिन अगाडि अपहरणमा परेकी राप्ती नगरपालिका वडा नं. ३ की सुजिता भण्डारीको शव फेला परेको छ । चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ सामुदायीक जंगलमा सडेगलेको अवस्थामा भेटिएको शव भण्डारीकै भएको खुलेको हो । चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार भेटिएको शवलाई भण्डारीकै परिवारले पहिचान गरेका हुन।

    images

    परिवारका सदस्यले सुजिताको नै शव भएको बताएको प्रहरीले जनाएको छ । शव घटनास्थलमै रहेको र पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ । उक्त शव जंगलमा च्याउन टिप्न गएका स्थानियहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । असार ११ गते विहान ६ बजे साथिको घर जाने भनेर हिडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन । उनले सोही दिन १२ बजे आफ्नी दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले प्रहरीलाई जानकारी दिएका थिए।

    घटनाको अनुसन्धानका लागि सिआईबीको टोली पनि खटिएको छ। प्रहरीले घटनास्थल शिल गरेको छ भने भोलि तालिम प्राप्त कुकुर र फरेन्सिक डाक्टर ल्याएर थप अनुसन्धान अघि बढाउने जनाएको छ । सुजिताको केही महिनाअघिसम्म एक युवकसँग सम्पर्क भएको देखिएको र प्रहरीको अनुसन्धान पनि त्यतैतिर सोझिएको छ।

    सुजिताको अन्यत्रै हत्या गरी शव पानीले बगाएर ल्याएर लामो समयदेखि अड्काएको जस्तो देखिएको आशंका गरिएको छ।

  • सम्बन्धित विषय:

  • # जंगल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology