Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखराको फुर्सेखोलाको बाढीमा मध्यरातमा फसेका ट्याक्टरका चालकको उद्दार

पोखराको फुर्सेखोलाको बाढीमा मध्यरातमा फसेका ट्याक्टरका चालकको उद्दार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २१, २०७८ सोमवार • ०९:४३:१० बजे
  • 1.1K
    SHARES
  • पोखराको फुर्सेखोलाको बाढीमा मध्यरातमा फसेका ट्याक्टरका चालकको उद्दार

    पोखरा । पोखराको फुर्सेखोलाको बाढीमा फसेको ट्याक्टरका चालक एक युवकलाई प्रहरीले उद्दार गरेको छ ।

    images

    कास्कीको पोखरा महानगरपालिका २१ कृष्टिबाट कुखुरा लिएर आँउदै गरेको ग १ त १७७७ नम्बरको ट्याक्टर हिजो राति सवा ११ बजे फुर्से खोलाको बीचभागमा बाढीका कारण अड्किएको थियो ।

    खाेलाकाे वीचमा अड्किएकाे ट्याक्टरका चालकलाई घटनास्थलमा गएकाे प्रहरी टाेलीले निकालेकाे हाे । ट्याक्टर चालक सल्यान जिल्लाको त्रिवेणी गाँउपालिका ४ घर भइ पोखराको बिरौटा बस्ने ३० वर्षीय लोकबहादुर विष्टलाई प्रहरीले उद्दार गरेको छ ।

    उहाँकाे अवस्था मध्यम रहेकाे बताइएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology