पोखरा । स्याङ्जामा आँफैले चलाएको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट तल खस्दा एक युवकको मृत्यु भएको छ ।
चापाकोट नगरपालिका १ का २७ वर्षीय राजु गैरेको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । लु २० प ३९० नम्बरको मोटरसाइकल चलाएर राति १० बजेको समयमा गैरीथरको भित्रिसडक खण्डमा चौघेरातर्फ जाँदै गरेका गैरेको सो मोटरसाइकल अनियन्त्रित भइ सडकबाट २० मिटर तल खसेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकले जानकारी दिनु भएको छ ।