Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरा पुरुनचौरको बेँशीचोकमा पहिराले सडक अवरुद्ध

पोखरा पुरुनचौरको बेँशीचोकमा पहिराले सडक अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २१, २०७८ सोमवार • ०९:५४:०५ बजे
  • 1.2K
    SHARES
  • पोखरा पुरुनचौरको बेँशीचोकमा पहिराले सडक अवरुद्ध

    पोखरा । पोखरा महानगरपालिका १९ पुरुनचौरको बेँशीचोकमा पहिराले सडक अवरुद्ध भएको छ । लामाचौर–सार्दिखोला सडकखण्डमा गएको पहिराले अहिले आवागमन ठप्प छ ।

    images

    गत वर्षपनि सोही ठाउँको पहिराले दुई महिना बाटो अवरुद्ध बनेको थियो ।यस वर्ष पनि सोही ठाउँमा खसेको पहिराले सडक बन्द हुँदा पोखरा र माछापुच्छ«े गाउँपालिकाको सम्पर्क टुटेको छ । यसैबीच गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन)ले पहिरोको अवलोकन गर्दै व्यवस्थापनमा आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    आइतबार पोखराको घार्मी हुदै वेशीचोक पुगेका सांसद बरालले तत्काल पहिरो व्यबस्थापन कठिन हुने बताउदै पहिरो खस्न रोकिएसंगै त्यसको व्यबस्थापन सहित सडक संचालनको लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । त्यस क्षेत्रको सडक निर्माणमा अल्पकालिन र दीर्घकालिन रुपमा राम्रो इन्जिनियरिङ गरेर व्यबस्थापन गर्नुपर्ने सांसद बरालको भनाई छ । राम्रो इन्जिनियरिङ गर्न नसक्दा नेपालका धेरै सडक, पुल सहितका भौतिक पूर्वाधार बर्षादको पानीले जोखिम निम्ताउने गरेको उहाँले दावी गर्नुभयो ।

    पुर्वाधार विकास कार्यालय कास्कीका डिभिजन प्रमुख दिनेश घिमिरेले गत बर्ष पनि बर्षादको समयमा ठुलो पहिरो आएको कारण करिब ४० लाख लगानीमा ग्वाविन तार झाली सहित सडक निर्माण भए पनि हाल सोही स्थानमा ठुलो पहिरो आएको बताउनुभयो । हिमाली आवाजबाट साभार

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology