Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नारायणगढ–मुग्लिङ सडक खण्ड पुनः बन्द

नारायणगढ–मुग्लिङ सडक खण्ड पुनः बन्द

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २१, २०७८ सोमवार • १३:५६:५१ बजे
  • 817
    SHARES
  • नारायणगढ–मुग्लिङ सडक खण्ड पुनः बन्द

    नारायणगढ–मुग्लिङ सडक खण्ड पुनः बन्द भएको छ । चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो खसेपछि गएरातिदेखि बाटो बन्द भएको हो । सेतीदोभान पहिरो हटाएर एकतर्फी खुलेलगत्तै फेरि बन्द भएको हो ।

    images

    पहिरो खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार सडक बन्द भएपछि गाडी बीचबाटोमै रोकिएका छन् । मनसुन सुरु भएदेखि नारायणगढ–मुग्लिङ सडकमा पहिरो झर्ने क्रम रोकिएको छैन ।

    पछिल्लो एक हप्तादेखि निरन्तर पहिरो झर्ने र पन्छाउने काम हुँदै आएको छ । पहिरो हटाएलगत्तै फेरि खस्दा समस्या भइरहेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # नारायणगढ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology