Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याद सकिएको डेबिट कार्डबाट ३४ लाख रूपैयाँ पैसा निकाल्ने दुई जना गुरूङद्वय पक्राउ

म्याद सकिएको डेबिट कार्डबाट ३४ लाख रूपैयाँ पैसा निकाल्ने दुई जना गुरूङद्वय पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २१, २०७८ सोमवार • १६:३४:४३ बजे
  • 1.4K
    SHARES
  • म्याद सकिएको डेबिट कार्डबाट ३४ लाख रूपैयाँ पैसा निकाल्ने दुई जना गुरूङद्वय पक्राउ

    पोखरा । म्याद सकिएको डेबिट कार्डबाट बारम्बार गरी ३४ लाख ३५ हजार रूपैयाँ पैसा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

    images

    महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका वडा नम्बर ५ स्थित भत्केको पुलबाट सोलुखुम्बु घर भई भत्केको पुलमा कोठामा बस्ने ५७ वर्षीय जगतबहादुर गुरूङ र पर्साकी ३० वर्षीया सावित्री गुरूङ पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

    उनीहरूले विभिन्न स्थानमा रहेको सिद्धार्थ बैंकको एटिएम मेसिनबाट पैसा झिकेको प्रहरी उपरीक्षक बस्नेतले बताए। उनीहरूले म्याद सकिसकेको डेबिट कार्डको प्रयोग गरेका थिए।

    'एक्पाइरी भएकै डेबिट कार्डबाट कसरी पैसा निस्कियो भन्नेबारेमा हामीले अनुसन्धान गर्दैछौं। प्रारम्भिक रूपमा त्यही देखिएको छ,' उनले भने,'अनुसन्धान गर्दैछौं।' यसबारेमा बैंकसँग पनि सोधपुछ गरेर अनुसन्धान अघि बढाएको उनले बताए। बैंकका प्राविधिक टोली समेतसँग सोधपुछ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    पक्राउ परेका गुरूङद्वयबाट प्रहरीले लोइड्स भिसा डेबिट कार्ड लन्डन र २१ लाख रूपैयाँ बरामद गरेको छ। सोही म्याद सकिएको डेबिट कार्डबाट उनीहरूले चाबहिल, कालोपुल, हात्तीसार, भाटभटेनी क्षेत्रका एटिएमबाट रकम निकालेका थिए।

    उनीहरूले अहिलेसम्म ३४ लाख ३५ हजार रूपैयाँ निकालेको खुलेको छ। त्यसको १० लाख ५० हजार रूपैयाँ रकम भने सहकारीमा राखेको प्रहरीलाई बताएका छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology