सोमबार कास्कीमा ९७ जना सहित गण्डकी प्रदेश भरी ३०२ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६२ जनामा गरिएको नमुना परीक्षणमा ३०२ जनामा पोजेटिभ आएको हो। जसअन्तर्गत कास्कीका ९७ जना, तनहुँका २३ जना, लमजुङका ३२ जना, नवलपुरका ४४ जना र स्याङ्गजाका ३६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका १३ जना, बागलुङका ३१ जना, म्याग्दीका छ जना, मुस्ताङका तीन जना र मनाङ जिल्लाका १२ जनाको कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५७ हजार ४१८ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट २१६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार ३५० पुगेको छ।
सोमबार पोखरामा ५ सहित गण्डकीमा छ जनाको मृ'त्यु पुष्टि भएको छ । आज मृ'त्यु पुष्टी हुनेमा नवलपुरका एक जना, स्याङ्गजाका एक जना र कास्की जिल्ला पोखरा महानगरपालिकाका चार जना छन् । आज मृ'त्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्या'न गु'माउनेको संख्या ९६७ पुगेको निर्देशनालयले जनाएको छ ।