Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ठमेलबाट चार जना चिनियाँ नागरिक पक्राउ

ठमेलबाट चार जना चिनियाँ नागरिक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • १६:४७:५३ बजे
  • 886
    SHARES
  • ठमेलबाट चार जना चिनियाँ नागरिक पक्राउ

    काठमाडौंको ठमेलबाट चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले गएराती जुवातास खेलाउने चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । ठमेल स्थित ज्याठाबाट प्रहरीले दुर्लभ वन्यजन्तुको अखेटोपहार र जुवा खेल्न प्रयोग गरिने सामग्री सहित ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा झाओ पेनुचेङ्ग, मा जिङ्गबिन, निउ युलियाङ्ग र पेङ्ग हुई छन् । महानगरीय प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर चिनियाँलाई सार्वजनिक गरेको छ । चिनियाँहरूको साथबाट ८ लाख ८९ हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए । जुवा खेलाइरहेको अवस्थामा प्रहरीले छापा मारेर उनीहरूलाई पक्रेको थियो ।

    चिनियाँ नागरिकको साथबाट प्रहरीले २० थान कस्तुरीको बिना, बुद्धचित्त माला, बाघको छाला, गाईको छाला, जुवा खेल्न प्रयोग गरिने गोटी र विद्युतीय टेबल बरामद गरेको छ । ज्याठा स्थित जियाङ्गहु खाजान होटेलबाट पक्राउ परेको सो समूह सट्टेबाजीमा संलग्न गिरोह भएको प्रहरीले दाबी गरेको छ ।

  • सम्बन्धित विषय:

  • # चिनियाँ नागरिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology