Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा २ हजार ६३४ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २ हजार ६३४ जना कोरोना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • १६:५३:५४ बजे
  • 1.9K
    SHARES
  • पछिल्लो २४ घण्टामा २ हजार ६३४ जना कोरोना संक्रमित थपिए

    मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६३४ जना कोरोना संक्रमित थपिएका छन् भने १ हजार ५६५ जना कोरोनामुक्त भएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएका परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    यस्तै, पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७,५०३ जना र एन्टीजेन विधिबाट ५,०८२ जना गरी जम्मा १२,५८५ जनाको कोरोना परिक्षण गरिएको छ । यससँगै नेपालमा हालसम्म ६ लाख ८४ हजार ९ सय ९५ जना संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    यससँगै हालसम्म ९ हजार २ सय ६३ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण देखिएकाहरुलाई परीक्षण गराउन पनि अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology