Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुजिता भण्डारीको शव फेला परेको १५ मिटर पर मोबाइल भेटियो

सुजिता भण्डारीको शव फेला परेको १५ मिटर पर मोबाइल भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • १७:१६:३५ बजे
  • 1.3K
    SHARES
  • सुजिता भण्डारीको शव फेला परेको १५ मिटर पर मोबाइल भेटियो

    चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीले बोक्ने मोवाइल फेला परेको छ । शव फेला परेको ठाउँभन्दा १५ मिटर पर मोवाइल भेटिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी धीरज प्रताप सिंहले बताए । सोमबार मोबाइलको ब्याट्री फेला परेको थियो ।

    images

    ब्याट्री फेला परेको ठाउँभन्दा पाँच मिटर पर मोवाईल फेला परेको हो । चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो । शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको छ । शव परिक्षणको रिपोर्ट आउन बाँकी छ ।

    घरबाट हिँडेको १० दिनपछि मृत फेला परेकी सुजिताको मृत्युको कारण खुलेको छैन् । केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटिएको टोली र चितवन प्रहरीले घटना अनुसन्धान गरिरहेका छन् ।

    असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदीलाई फोन गरेर आफु अपहरणमा परेको जानकारी गराएको परिवारले बताएका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले घटनास्थलबाट विषको बट्टा पनि बरामद गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # सुजिता भण्डारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology