पोखरा । आज बिहान लमजुङस्थित मादी नदीको किनारमा एक युवतीको श'व फे'ला परेको छ ।
मृतक कास्कीको मादी गाँउपालिका ९ मुग्रेबेसीकी अन्दाजी ३५ वर्षीय कल्पना अधिकारीको भएको प्रहरीले जनाएको छ ।
बिहान आठ बजेको समयमा लमजुङको मध्यनेपाल नगरपालिका ८ रामबजारस्थित मादी नदीको किनारमा अधिकारीको श'व भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक श्रवण कुमार बिकले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरी नायव निरीक्षक बिकले बताउनु भएको छ ।