Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु, थप ३६६ जनामा कोरोना भाइरसको संक्रमण

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु, थप ३६६ जनामा कोरोना भाइरसको संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • १९:२४:१० बजे
  • 1.2K
    SHARES
  • गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु, थप ३६६ जनामा कोरोना भाइरसको संक्रमण

    गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको हो । कास्कीका २, नवलपरासी पूर्वमा ३, बागलुङमा १ र गोरखामा १ सहित ७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका संयोजक नबराज शर्माले जनाकारी दिए ।

    images

    उनका अनुसार पोखरा –१४ का ६२ वर्षका पुरुष, पोखरा –१२ का ६७ वर्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी नवलपरासी पूर्व कावासोती–३ का ८१ वर्षका पुरुष, देवचुली–४ की ६८ बर्षिय महिला र मध्येविन्दु– ७ की ६७ बर्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी गोरखा सिरानचोक–४का ५८ बर्षिय पुरुष र बागलुङ नगरपालिका–३ का ६८ बर्षिय पुरुषको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९७४ पुगेको छ ।

    त्यसैगरी गण्डकी प्रदेशमा थप ३६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २०० जनाको नमुना परिक्षण गरिएकामा ३६६ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये १३४ पुरुष र १३८ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ। निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा १३४, म्याग्दीका ४, पर्वत २८,लमजुङ १९,गोरखा ४८, तनहुँ ५२, बाग्लुङ २७, स्याङ्जाका २०, नवलपुरका ३३ र मनाङमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५७ हजार ७८४ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५३ हजार ६३९ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology