Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हवाइ उडान खुला

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७८ बुधवार • ०९:२८:१५ बजे
  • 1.4K
    SHARES
  • सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय

    काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

    images

    मन्त्रिपरिषद्को निर्णयपछि अब पर्यटन मन्त्रालयले कोभिड प्रोटोकल तयार पारेर उडान सुचारु हुने मिति र ढाँचाबारे जानकारी दिनेछ । नेपाल प्रेससँग कुरा गर्दै मन्त्री श्रेष्ठले बुधबार सरकारका प्रवक्ताले उडान खुला भएको बारे थप जानकारी दिने जनाए । कोरोनाको दोस्रो लहरको कारण बैशाख २० गतेदेखि उडानहरु बन्द थिए ।

    ६९ दिनपछि आन्तरिक उडान बिहीबारदेखि ५० प्रतिशत अकुपेन्सीमा संचालनमा आएका थिए । मन्त्रिपरिषद्ले नेपाल र भारतबाहेकको अन्तर्राष्ट्रिय उडान पनि बैशाख २३ देखि बन्द गर्ने निर्णय गरेको थियो । मन्त्री श्रेष्ठका अनुसार अब नेपाललाई रोक नलगाइएका मुलुकमा उडान सुचारु हुनेछन् ।

    अब निषेधाज्ञा अगाडिकै बेलामा चलेजसरी सामान्यरुपमा उडानहरु नियमित हुनेछन् । अहिले अमेरिका, बेलायत, बेल्जियम, पोर्चुगल, युएई, साउदी अरब लगायतका मुलुकले नेपाललाई यात्रा प्रतिबन्ध लगाएका छन् । सरकारले उडान खुला गरेपनि यात्रा प्रतिबन्ध लगाइएका देशमा तत्काल उडान हुने सम्भावना छैन ।

    जर्मनीले नेपाललाई लगाएको प्रतिबन्ध बुधबारदेखि खुला गर्ने तयारी गरेको छ । यो समाचार नेपाल प्रेसले लेखेको छ ।

  • सम्बन्धित विषय:

  • # हवाइ
  • # हवाई सेवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology