Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पहिरो खस्दा नारायणगढ–मुग्लिङ सडक अवरुद्ध

पहिरो खस्दा नारायणगढ–मुग्लिङ सडक अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७८ बुधवार • १०:२४:२८ बजे
  • 889
    SHARES
  • पहिरो खस्दा नारायणगढ–मुग्लिङ सडक अवरुद्ध

    लगातार पहिरो खस्दा नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ । मंगलबार साँझ पहिरो पन्छाएर सडक खुलाइए पनि फेरि बन्द भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । नारायणगढ–मुग्लिङ सडक खण्ड झन्डै एक हप्तायता पहिरोले लगातार अवरुद्ध हुँदै आएको छ ।

    images

    वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुनेक्रम चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका गाडीले पार गर्न नपाउँदै फेरि अर्को पहिरो जाने समस्या बढेको हो । यो सडक खण्डमा अझै केही दिनसम्म यस्तै समस्या रहिरहने प्राविधिकहरुको अनुमान छ ।

    यो सडक खण्डमा पर्ने चितवनको सेतीदोभान, इच्छाकामनाको चारकिलो, पाँचकिलो, १४ किलोलगायतका ठाउँमा पहिरो खस्ने गरेको छ । अरु ठाउँमा पहिरो पन्छाए पनि सेतीदोभानमा भने सडक खुलाउन निकै कठिन भएको छ । सडकमा लेदो माटो र ढुङ्गा झरिरहेकाले सडक सफा गर्न कठिन भएको हो ।

    अहिले सडक खुलाउने प्रयास भइरहेको छ । सडक खुल्दै बन्द हुने क्रम नरोकिँदा सयौँ गाडी बीच बाटोमै अलपत्र परेका छन् । सो सडकमा दैनिक १० हजारसम्म साना–ठूला गाडी चल्छन् । नारायणगढ–मुग्लिङ सडक खण्डसहित अहिले देशभरका १३ राजमार्ग बन्द छन् ।

  • सम्बन्धित विषय:

  • # मुग्लिङ सडक अवरुद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology