Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङको ताराखोलामा बाढीले बगाउँदा युवा बेपत्ता,२७ बाख्रा मरे, घुस्मेली बजार जोखिममा

बागलुङको ताराखोलामा बाढीले बगाउँदा युवा बेपत्ता,२७ बाख्रा मरे, घुस्मेली बजार जोखिममा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७८ बुधवार • १२:२९:४१ बजे
  • 1.5K
    SHARES
  • बागलुङको ताराखोलामा बाढीले बगाउँदा  युवा बेपत्ता,२७ बाख्रा मरे, घुस्मेली बजार जोखिममा

    बागलुङ । बागलुङको ताराखोलामा बाढीले एक जनालाई बगाउँदा बेपत्ता भएका छन् ।

    images

    मंगलबार राति निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोमा परि ताराखोला गाउँपालिका घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की सम्पर्क विहिन भएको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो । बाढीले स्थानीय चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको छ । जस मध्ये अहिलेसम्म १० वटा जिवित र २७ वटा मृत बाख्रा निकालिएको प्रहरीले जनाएको छ ।

    वर्षाका कारण इदि टोलबाट झरेको पहिरो र बाढीले स्थानीय ध्रुव खत्रीले संचालन गरेको एक रेष्टुरेन्ट समेत बगाएको छ । बाढी संगै खोलामा पानीको बहाब बढेर घुस्मेलि बजार क्षेत्रमा पस्न थालेको स्थानीयको भनाई छ । बजार क्षेत्रका करिब २५ घर परिवारलाई रातिनै सुरक्षित स्थानमा सारिएको छ ।

    उद्धारका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको थप टोली घटनास्थलमा पुग्दै गरेको बताएको छ । इमेज खबरले लेखेको छ । 

  • सम्बन्धित विषय:

  • # बाढी पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology