झापा। हरिण मारेर खाएको आरोपमा प्रहरीले झापाबाट दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-३ बस्ने ४० वर्षीय लुखिराम हस्दा र सोही ठाउँ बस्ने २४ वर्षीय सुमन टुडु रहेका छन् ।
हरिण मारी छाला काटि घरमा सुकाइरहेको भन्ने सूचानाको आधारमा प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले उक्त हरिणको छालासहित दुवैजनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन बन कार्यालय झापामा बुझाइएको तथा घटनामा संलग्न रहेका हाल फरार अन्य व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।