Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा २ हजार ९७९ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २ हजार ९७९ जना कोरोना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७८ बुधवार • १८:१९:४८ बजे
  • 925
    SHARES
  • पछिल्लो २४ घण्टामा २ हजार ९७९ जना कोरोना संक्रमित थपिए

    मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ९७९ जना कोरोना संक्रमित थपिएका छन् भने १ हजार ३३३ जना कोरोनामुक्त भएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएका परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    २४ घण्टामा ७ हजार ८३५ पीसीआर परीक्षण गर्दा २ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ६३ परीक्षण गर्दा ९०२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। यसैगरी, पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म ९ हजार २ सय ९१ जनाको मृत्यु भएको छ । यसअघि हिजो १५ जनाको मृत्यु भएको थियो।

    स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण देखिएकाहरुलाई परीक्षण गराउन पनि अनुरोध गरेको छ । यस्तै बिगत केही दिनयता देशभर जारी रहेको निषेधाज्ञा बिस्तारै खुकुलो भएसँगै संक्रमितको संख्या पुन: बढ्दै गएको देखिएको छ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology