Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एनआरएनए जापानमा तिन म्याग्देलीको उम्मेदवारी घोषणा 

एनआरएनए जापानमा तिन म्याग्देलीको उम्मेदवारी घोषणा 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७८ बुधवार • २०:१३:५७ बजे
  • 2.7K
    SHARES
  • एनआरएनए जापानमा तिन म्याग्देलीको उम्मेदवारी घोषणा 

    गैर आबसिय नेपाली संघ जापानको आसन्न अधिबेसन २०२१_२३ का लागी तिन जना म्याग्देलीहरुले बिभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन।

    images

    म्याग्दी जिल्लाको साबिक घारा गा बि स हाल अन्नपुर्ण छ  स्थायी घर भई हाल जापानमा ब्यबसाय गर्दै आउनु भएका दधिलाल खड्का ले बर्ष २०२१_२३ का लागी एनआरएनए जापानको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो। लामो समय देखी जापानमा रेष्टुरेन्ट ब्यबसायमा संलग्न खड्का बिगत देखी नै एनआरएनए अन्तराष्ट्रिय समिती ,मोना जापान लगाएत थुप्रै सामजिक संघ संस्थाहरुमा क्रियाशिल रहनु भएको ब्यबासायी हुनुहुन्छ।

    j1.jpg

    यसै गरी म्याग्दी जिल्ला साबिक घतान गाबिसका स्थायि घर भई लामो समय देखी जापानको नागोया क्षेत्रमा ब्यबासाय गर्दै आएका युवा ब्यबसायी दिपक कार्कीले पनि बरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ।वर्तमान कार्यसमिति(सन २०१९-२१) मा क्षेत्रीय उपाध्यक्ष रहनु भएका कार्कीले आगामी (२०२१-०२३) कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो। म्याग्देलीहरुको साझा संस्था मोना जापानको अध्यक्ष समेत रहेका कार्कीले एनआरएनए जापानको पछिल्ला भष्ट्राचार अनियमितता लगाएतका बिषयमा आन्तरिक कमिटी र बाह्य सबै ठॅाउमा जोडतोडले बिषय उठाए पछी छानबिन प्रक्रिया अगाडी बढाईएको थियो यद्दपी उक्त छानबिनले कुनै उलेख्य परिणाम भने दिन सकेन।अघि अध्यक्षमा उम्मेदवारी दिने चर्चा चले पनि ,यस पटक वरिष्ठ उपाध्यक्षमा रहि, संस्थाको कार्यकारी पदको भूमिकालाई नजिकबाट नियालेर अर्को पटक मात्रै अध्यक्षमा जाँदा संस्थालाई अझ धेरै लाभ पुर्याउन सकिने ठानेर, आफुले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको कार्कीले मयुरपाटी संग बताउनु भयो।

    j2.jpg

    म्याग्दी जिल्ला बेनी नगरपालीका स्थायी ठेगान भई जापानमा ब्यबसाय गर्दै आएका अर्का युवा ब्यबसायी तथा समाजसेवी सचिन श्रेष्ठले पनि बर्ष २०२१_२३ का लागी एनआरएनए जापानको कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन। लामो समय देखी एनआरएनए,मोना जापान,लगाएत दर्जनौ सामजिक संघ संस्थामा क्रियाशिल श्रेष्ठले एनआरएनए जस्तो गरिमामय सॅस्थामा हुने आर्थिक अपारदर्शिता,भष्ट्राचार जन्य गतिबिधी रोक्न आफ्नो कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको मयुरपाटी संग बताउनु भयो।

    j3.jpg

    बैदशिक रोजगारीको पछिल्लो रोजाई जापान र नेपालीहरुको यहॅाको उपस्थितिले गर्दा जापानमा एनआरएनए लाई बिशेष महत्वका साथ हेरिने गरिन्छ।जापानको आसन्न अधिबेसन र यसका नेतृत्वका आकांक्षीहरु देख्दा उम्मेदवारहरुको बिचमा कडा प्रतिष्पर्धा हुने देखिन्छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology