Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देशभर सात लाख ७६ हजार हेक्टरमा रोपाइँ सम्पन्न

देशभर सात लाख ७६ हजार हेक्टरमा रोपाइँ सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७८ बुधवार • २१:०२:३६ बजे
  • 1.1K
    SHARES
  • देशभर सात लाख ७६ हजार हेक्टरमा रोपाइँ सम्पन्न

     कृषि विभागले सार्वजनिक गरेको असार २२ गतेसम्मको विवरणअनुसार यस वर्ष देशभर ५६.६१ प्रतिशत अर्थात् सात लाख ७६ हजार ४९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । जुन गतवर्ष भन्दा ४.५ प्रतिशतले कम हो । गतवर्ष समीक्षा अवधिमा कुल धान खेति हुने क्षेत्रफलको ६०.६६ प्रतिशत अर्थात् आठ लाख ३२ हजार १३३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको थियो । नेपालमा कुल १३ लाख ७१ हजार ६०६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । यस वर्ष प्रदेश एक, दुई, गण्डकी र कर्णाली प्रदेशमा रोपाइँ ढिला भएको विभागले जनाएको छ । गतवर्ष समीक्षा अवधिमा प्रदेश- १ मा ५०.८२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको थियो, यस वर्ष भने ४६.५८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।

    images

    यस्तै प्रदेश दुईमा गत वर्ष ५०.८२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएकोमा यस वर्ष ३९.२८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ । गण्डकी प्रदेशमा गतवर्ष ५६.४९ प्रतशत भूभागमा रोपाईं सकिएकोमा यस वर्ष ३०.५७ प्र्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ । गतवर्ष ८६.३ प्रतिशत रोपाइँ भएको कर्णाली प्रदेशमा यसवर्ष ८३.८५ प्रतिशत भूभागमा मात्रै रोपाईं सम्पन्न भएको विभागका सूचना अधिकारी डा. महादेव प्रसाद पौडेलले जानकारी दिए ।

    बागमती प्रदेशमा भने गत वर्षभन्दा छिटो रोपाइँ भएको छ । गतवर्ष समीक्षा अवधिमा ५२.२ प्रतिशत भूभागमा रोपाइँ भएको बागमति प्रदेशमा यस वर्ष ६१.१ प्रतिशत भूभागमा रोपाईं सकिएको छ । यस्तै लुम्बीनीमा पाँच प्रतिशत र सुदूरपश्चिम प्रदेशमा गतवर्ष भन्दा थारै धेरै क्षेत्रफलमा रोपाइँ सकिएको छ । देशको कुल धान उत्पादनको झण्डै ७५ प्रतिशत हिस्सा ओगट्ने प्रदेश दुईमा यस वर्ष धान रोपाईं निकै ढिला देखिएको छ । 

    क्षेत्रमा वर्षा कम हुँदा रोपाइँ ढिला भएको कृषि विभागको दाबी छ । विभागका सूचना अधिकारी डा.महादेव प्रसाद पौडेलकाअनुसार गत वर्ष छिटो वर्षा भएको सो प्रदेशमा यस वर्ष कम पानी गरेको जानकारी विभागमा आएको छ ।

  • सम्बन्धित विषय:

  • # रोपाइँ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology