Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

प्रहरीले उजुरी दर्ता नगरेपछि पीडित युवा अन्यायमा

जुम्लामा दलित युवामाथि कुटपिट र जातीय विभेद

जुम्लामा दलित युवामाथि कुटपिट र जातीय विभेद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७८ बिहिवार • १०:०३:१६ बजे
  • 4.4K
    SHARES
  • जुम्लामा दलित युवामाथि कुटपिट र जातीय विभेद

    जुम्लामा दलित युवामाथि कुटपिट र जातीय विभेदको घटना सार्वजनिक भएको छ । जुम्लाको सिँजा गाउँपालिका ६ का वडाध्यक्ष कालीबहादुर बुढाले स्थानीय दलित युवा बिवेन्द्र नेपालीमाथि जातीय गालीगलौज र कुटपिट गरेका पीडितले बताएका छन् । असार ६ गते वडाध्यक्ष बुढाले गाउँमा खानेपानीको योजना आएको भन्दै घर घरमा खानेपानी पुगेको दाबी गरेपछि स्थानीयले विरोध गरेका थिए । सोही क्रममा विरोध गर्दा वडाध्यक्ष बुढाले दलित युवा नेपालीलाई फोन नै गरेर जातीय गालीगलौज गरेका थिए ।

    images

    उनले कुकुर भन्दै नेपालीलाई जातीय गालीगलौज गरेको अडियो नै सार्वजनिक भएको छ । त्यसपछि स्थानीयको सक्रियतामा घटना मिलाउन भन्दै वडा कार्यालयमा बैठक समेत राखियो । असार ८ गते राखिएको विवाद समाधान बैठकमा सबैका सामु वडाध्यक्ष बुढाले नेपालीमाथि जातीय गालीगलौजका साथै कुटपिट गरेको पीडित युवाले बताएका छन् । उनका अनुसार वडाध्यक्षले कुकुर भनेर विभेद गर्दै गालीगलौज गरेको र वडाध्यक्षका छोरा नवीन बुढाले कुटपिट गरेका थिए ।

    दुई जनाबीच झगडा परेपछि स्थानीयले छुटाएर घर पठाएका थिए । आफूमाथि सार्वजनिक ठाउँमा जातीय विभेद र कुटपिट भएपछि पीडित युवा उजुरी लिएर जिल्ला प्रहरी कार्यालय जुम्ला पुगेका थिए । तर प्रहरीले प्रमाण नपुगेको भन्दै उजुरी दर्ता गर्न नमानेपछि पीडित युवाले पत्रकारसँग गुनासो राखेपछि घटना बाहिर आएको हो । यसबारे आफूले राष्ट्रिय मानवअधिकार आयोग र दलित आयोगमा जानकारी गराएको पनि उनले बताएका छन् ।

     

    जवाफ नआएपछि आफू अन्यायमा परेको उनले बताएका छन् । यसबारे वडाध्यक्ष बुढा र जिल्ला प्रहरी कार्यालय जुम्लामा सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन । काठमाडौँमा पत्रकार तथा कलाकार रुपा सुनारमाथि कोठा नपाएको विषयमा जातीय विभेद हुँदा जुम्लामा दलित युवामाथि कुटपिट र जातीय गालीगलौज भएको घटना सार्वजनिक भएको हो ।इकागज 

    jumla1.jpg

    jatiya2.jpg

     

  • सम्बन्धित विषय:

  • # दलित युवामाथि कुटपिट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology