Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पहिरोले घर पुरिँदा पाल्पामा एकको मृत्यु, एक बालक बेपत्ता

पहिरोले घर पुरिँदा पाल्पामा एकको मृत्यु, एक बालक बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७८ बिहिवार • १०:१४:४७ बजे
  • 1.1K
    SHARES
  • पहिरोले घर पुरिँदा पाल्पामा एकको मृत्यु, एक बालक बेपत्ता

    फाइल तस्विर

    images

    पाल्पाको तिनाउ गाउँपालिका–५ मा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । चार वर्षीय बालक बेपत्ता भएका छन् । उक्त घटनामा सात जना घाइते भएका छन् । तिनाउ–५ का ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

    स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएका छन् । अहिले घटनास्थलमा प्रहरी टोली उद्धारका लागि गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    पहिरोले नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पुरिएको छ ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology