Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि अवरुद्ध

नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७८ बिहिवार • १०:२०:०७ बजे
  • 1.6K
    SHARES
  • नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि अवरुद्ध

    नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि अवरुद्ध भएको छ । बुधबार बिहान पहिरो पन्छाएर सडक खुलाइए पनि रातिदेखि फेरि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा नारायणगढ–मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् ।

    images

    वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने क्रम जारी छ । सो सडक खण्डमा पर्ने चितवनको सेती दोभानमा पहिरो पन्छाउन समस्या भएको हो । पूर्व र पश्चिमलाई काठमाण्डौसम्म जोड्ने मुख्य यो सडकमा हुँदै दैनिक १० हजारसम्म साना–ठूला गाडी आवतजावत गर्छन् ।

    नारायणगढ–मुग्लिङ सडक खण्डसहित अहिले देशभरका १३ सडक खण्ड बन्द छन् । पहिरोले बन्द भएका सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # नारायणगढ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology