दाङ । दाङमा अविरल वर्षाका कारण घर भत्किदा तीन महिने शिशुको मृत्यु भएको छ ।
बुधवार राती घरको भित्ताको पर्खाल भत्किदा मनिषा चौधरीकी तीन महिने छोरी बिन्दु चौधारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्लाको घोराही उपमहानगरपालिका १७ क्वाडी निवासी आशाराम चौधरीको दुई कोठे टिनले बनेको घरको भित्ता भत्किदा उनकी ३० वर्षीया मनिषा चौधरी र छोरी नौ वर्षीय बाटुली चौधरी घाइते भएकी छन ।
घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
पहिराे खस्दा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भीमदत्त राजमार्ग अवरुद्ध
पहिराे खस्दा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको स्थानीयवासीले जनाएका छन् । राजमार्गमा माथिबाट पहिरो खसेको छ ।
राजमार्ग सञ्चालन गर्न बिहानैदेखि डोजर प्रयोग गरिएका छन । ठूला ठूला ढुङ्गासहित राजमार्गमा पहिरो खसेकाले सञ्चालन हुन अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
राजमार्ग अवरुद्ध हुँदा हजारौँ यात्रुसँगै मालबाहक ट्रक शाहुखर्क वरपर रोकिएको प्रहरीले जनाएको छ ।