Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँमा पहिरोमा पुरिएर एक जना बेपत्ता,बिभिन्न ठाउँमा पहिरो राजमार्ग अवरुद्ध

तनहुँमा पहिरोमा पुरिएर एक जना बेपत्ता,बिभिन्न ठाउँमा पहिरो राजमार्ग अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७८ बिहिवार • १०:४१:५३ बजे
  • 1.6K
    SHARES
  • तनहुँमा पहिरोमा पुरिएर एक जना बेपत्ता,बिभिन्न ठाउँमा पहिरो राजमार्ग अवरुद्ध

    तनहुँ। तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् ।

    images

    ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरोमा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । श्रेष्ठका अनसार आज बिहान ५ः३० बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरो खस्दा पुरेको हो ।

    “श्रृङ्गपथ तलबाट पहिरो खसेको छ”, उनले भने । बेपत्ताको स्थानीयवासीले खोजी कार्य गरिरहेका छन् ।

    डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध

    पहिरो हटाएर सञ्चालनमा आएको डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुर सडकखण्ड अवरुद्ध भएको जानकारी दिनुभयो । गत मङ्गलबार पहिराले अवरुद्ध भएको उक्त सडकखण्ड चार दिनपछि आंशिक सञ्चालनमा आएको थियो ।

    डिभिजन सडक कार्यालय, जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा बन्दीपुर जाने सडक शनिबारदेखि आंशिकरुपमा सञ्चालनमा ल्याइएको थियो ।

    पृथ्वीराजमार्गको डुम्रेदेखि सात किमीको दूरीमा रहेको बन्दीपुर जाने सडकमा ठाउँ–ठाउँमा पहिरा झरेर अवरुद्ध भएको छ । पहिरोले बन्दीपुरका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । पहिराले ढाडखोला मोटरमार्गमा ठूलो क्षति पु¥याएको छ ।

    तनहुँमा पृथ्वी राजमार्ग अवरुद्ध

    तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आएको बाढीको कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    पानीको बहाव बढेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । पानीको बहाव घटाउन प्रहरी र स्थानीयवासी खटिइरहेको उनले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology