स्याङ्जा । स्याङ्जामा होटलभित्र तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ ।
स्याङ्जाको भिरकोट नगरपालिका २ ठाडोलाइनमा खेमबहादुर श्रेष्ठले घर भाडामा लिइ संचालन गरेको विवेक होटलबाट उनीहरुलाई नगदसहित प्रहरीले हिजो दिउसाे ४ बजे पक्राउ गरेको जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट एक लाख ७६ हजार ४१५ रुपैया नगद बरामद गरेकाे जनाइएकाे छ ।
कास्कीमा काँग्रेसका १९ हजार १४२ क्रियाशील सदस्य
पोखरा । नेपाली काँग्रेस कास्कीले क्रियाशील सदस्यको विवरण पार्टीको केन्द्रीय कार्यालयलाई बुझाएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेको पदाधिकारीको टोलीले विवरण बुझाएको हो ।
जिल्लाबाट पार्टीका नयाँ र पुराना गरी १९ हजार १४२ जना क्रियाशील सदस्यको नामावली बुझाएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
टोलीले पार्टीका केन्द्रीय नेतासँग भेटघाट गरी मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टीको आगामी १४ औँ महाधिवेशनबारे छलफल गरेको उनले बताए ।
टोलीमा उपसभापति आइबहादुर गुरुङ, सचिव सुदीपमोहन भट्टराई, देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे र प्रवक्ता सिग्देल रहेका थिए ।