Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बागलुङमा हिंसा पीडित महिला धेरै ७७ जना, पर्वतमा सात जना र म्याग्दीमा पाँच जना

बागलुङमा हिंसा पीडित महिला धेरै ७७ जना, पर्वतमा सात जना र म्याग्दीमा पाँच जना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७८ बिहिवार • १२:४७:३६ बजे
  • 730
    SHARES
  • बागलुङमा हिंसा पीडित महिला धेरै  ७७ जना, पर्वतमा सात जना र म्याग्दीमा पाँच जना

    पछिल्लो १० वर्षको अवधिमा साविकको धौलागिरिका तीन जिल्लाका ८ सय १४ जनाले एकद्वार संकट व्यवस्थापन केन्द्रबाट सेवा लिएका छन् । धौलागिरि अस्पतालमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले बागलुङ, पर्वत र म्याग्दीका हिंसा पीडितका लागि सेवा उपलब्ध गराएको हो । प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रमअर्न्तगत धौलागिरि अस्पतालमा सञ्चालनमा रहेको कार्यक्रम प्रभावकारी बन्दै गएको अस्पतालले जनाएको छ ।

    images

    दश वर्षे अवधिमा हिंसा पीडित भएका कारण अस्पतालमा आधारित सेवा लिनेमा महिलाको संख्या बढी छ । यो अवधिमा ९८ पुरुष हिंसाको शिकार भएका छन् । बाँकी सबै महिला रहेको केन्द्र प्रमुख देवी भट्टराईले जानकारी दिए । हिंसाबाट पीडितका लागि स्वास्थ्योपचारदेखि न्यायिक उपचारसम्म केन्द्रले सुविधा उपलब्ध गराउने गरेको छ । ‘हामी सबै सेवा दिन्छौँ, मनोपरामर्श, उपचारदेखि न्यायिक उपचारसम्म तर हिंसा पीडित अझै पनि लुकेर बस्नुभएको छ’, भट्टराईले भने, पहिलेको तुलनामा अहिले केही सङ्ख्या बढेको छ, तर लकडाउनमा कम आउनुभयो ।’ पहिलो वर्ष २०६८ सालमा १७ जना हिंसा पीडित संकट व्यवस्थापन केन्द्रमा पुगेका थिए । तीमध्ये तीन जना पुरुष थिए ।

    चालु वर्षमा ८७ जनाले सेवा पाउँदा १७ जना पुरुष छन् । संकट व्यवस्थापन केन्द्रका अनुसार हिंसाका कारण आत्महत्या गर्नेको तथ्याङ्क धेरै छ । पीडितमध्ये १५ देखि २९ वर्ष समूहका महिला तथा पुरुषको संख्या धेरै छ भने जन्मेदेखि १४ वर्ष उमेर समूहका नौ जना बालिका हिंसाको शिकार भएर सेवा लिएका छन् । सेवा लिनेमा बागलुङका ७७ जना, पर्वतका सात जना र म्याग्दीमा पाँच जना पीडित रहेको भट्टराईले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # हिंसा पीडित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology