Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ठमेलबाट पाचँ जना चिनिया नागरिक जुवाखालबाट पक्राउ

ठमेलबाट पाचँ जना चिनिया नागरिक जुवाखालबाट पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २४, २०७८ बिहिवार • १३:५१:०१ बजे
  • 1.9K
    SHARES
  • ठमेलबाट पाचँ जना चिनिया नागरिक जुवाखालबाट पक्राउ

    काठमाण्डौ । काठमाण्डौको ठमेलबाट प्रहरीले पाचँ जना चिनिया नागरिकलाई जुवाखालबाट पक्राउ गरेको छ । बुधवार राती करिव १० बजेको समयमा ठमेल जेपी मोडमा चिनियाँ नागरिकहरु जुवातास र सट्टाबाजी खेलिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    images

    ठमेल जेपी मोडस्थित चिनियाँ नागरिक सिआयोलङले सञ्चालन गरेको सियाङ होटलमा उनीहरुले जुवातास खेलिरहेको प्रहरीले फेला पारेको थियो । पक्राउ पर्नेमा सिआयोलङसहित पी. चुआन, हु वेनबिन, ही फुयु र लि सिआओ तोङ रहेका छन् । उनीहरुको साथबाट १ लाख २३ हजार नेपाली रुपैयाँसमेत बरामद गरिएको छ ।

    स्थानिय मानिसहरुको रोहबरमा दशीका सामानसहित बरामद गरी नियन्त्रणमा लिइ वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # जुवाखाल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology