मकवानपुर । ५७ किलो ९ सय ग्राम ला'गूऔष'ध गाँ'जासहित २ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ पिपल चौतरा पूर्व पश्चिम सडक खण्ड स्थित चितवनबाट बारातर्फ जाँदै गरेको ना। ४ च १५०१५ नम्वरको बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाँ'जा फेला पारेको हो ।
बुधबार साँझ ६ बजेको समयमा इलाका प्रहरी कार्यालय रातोमाटेबाट खटिएको टोलीले सो गाडीको पछाडिको भागमा फल्स बटम बनाई लुकाएर ल्याएको गाँ'जा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरीले गाडीका चालक चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्वर ६ बस्ने वर्ष २६ को संजय चौधरी र सोही गाडीमा सवार चितवनकै वर्ष ४८ को लालजी साहलाई नियन्त्रणमा लिएको जनाएको छ ।