Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

लगातारको बाढीसँगै पोखरा गगनगौडा र आसपासका बस्ती डुबानमा

लगातारको बाढीसँगै पोखरा गगनगौडा र आसपासका बस्ती डुबानमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७८ बिहिवार • १७:२१:१४ बजे
  • 2.9K
    SHARES
  • लगातारको बाढीसँगै पोखरा गगनगौडा र आसपासका बस्ती डुबानमा

    पोखरा । लगातारको बाढीसँगै नहरमा अनियन्त्रित भई आएको पानीका कारण पोखरा महानगरपालिका–३२ गगनगौडा र आसपासका बस्ती डुबानमा परेका छन् ।

    images

    लगातारको बाढीसँगै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आएको पानी यस क्षेत्रका कालिका नगर, छुची, लामेआहाल, राधाकृष्ण टोल, बाह्रसय चौतारा, एकानब्बेको बान्नोलगायतका स्थानमा प्रत्यक्ष प्रभाव पारेको नेपाल रेडक्रस सोसाइटी पोखरा–३२ उपशाखाका सभापति किसन परियारले जानकारी दिए।

    आफूहरूले यस सम्बन्धमा स्थानीय सरकारसमक्ष पनि जानकारी गराएको उनले बताए। तत्कालीन समस्याको समाधानका लागि पहल गर्दै यसको दीर्घकालीन समाधानतर्फ ध्यान दिनु अपरिहार्य भएको उनले बताए । बाढीका कारण नहरमा आएको अनियन्त्रित पानीका कारण बाह्सय चौतारा एवं नवीन टोलमाथि साविक एकानब्बेको बान्नो भन्ने स्थान नजिकै नहरको पानीले पक्की बाटो कटान गर्दै जान थालेपछि थप समस्या पर्ने देखिएको उनको भनाइ छ । उनका अनुसार बाढीका कारण स्थानीयवासीसहित शहरी स्वास्थ्य केन्द्रको भवनसमेत जोखिममा परेको छ ।

    यस क्षेत्रमा बाढीका कारण पीडामा परेका जनताको समस्या समाधान गर्नुपर्ने जनाउँदै उनले राज्यले सञ्चालन गरेको विपद् व्यवस्थापन कोषमार्फत तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए। शहरी स्वास्थ्य केन्द्र भन्दा तल रहेको खुदीखोला १ नं का बस्ती पनि जोखिममा रहेका कारण सजग रहन आग्रह गरिएको छ । नहरमा आउने पानीलाई व्यवस्थित नगरिँदा यस क्षेत्रमा सिँचाइजस्तो नभएर खहरे खोलाजस्तो बन्दा वर्षेनी समस्या बढिरहेको स्थानीयवासीको गुनासो छ । पोखरा–३२ का विभिन्न स्थानमा बाढीका कारण परिरहेको प्रभावको दीर्घकालीन समाधानका लागि वडाका तर्फबाट सम्बन्धित निकायमा पहल गरिएको वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए।रासस

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology