Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अविरल वर्षापछि तनहुँका विभिन्न क्षेत्रमा १७८ घरपरिवार उच्च जोखिममा

अविरल वर्षापछि तनहुँका विभिन्न क्षेत्रमा १७८ घरपरिवार उच्च जोखिममा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७८ बिहिवार • १९:२२:३२ बजे
  • 835
    SHARES
  • अविरल वर्षापछि तनहुँका विभिन्न क्षेत्रमा १७८ घरपरिवार उच्च जोखिममा

    तनहुँ। गत बुधबारदेखि परेको अविरल वर्षापछि तनहुँका विभिन्न क्षेत्रमा १७८ घरपरिवार उच्च जोखिममा रहेका छन् । घर जोखिममा रहेपछि आमा समूह, विद्यालय, छिमेकी र आफन्तजनकोमा शरण लिन बाध्य भएका छन् ।

    images

    बन्दिपुर गाउँपालिकामा मात्रै १३२ र ऋषिङ गाउँपालिकामा ४६ गरी उक्त सङ्ख्याका घरपरिवार विस्थापित भएका छन् । उक्त गाउँपालिकाको वडा नं २ स्थित खहरे खोलाले पाँच घर बगाएको छ । त्यसैगरी धारापानी, रामकोट र कल्चोकमा गरी उक्त सङ्ख्याका घरपरिवार विस्थापित भएका हुन् ।

    घटना भएको जानकारी पाएसँगै उपाध्यक्ष करुणा गुरुङको नेतृत्वमा बाढी पहिरोबाट प्रभावितलाई भेटघाट गरी सुरक्षित स्थानमा स्थानान्तरणको लागि पहल गरिएको छ । जोखिममा रहेका घरमा नबस्न र सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको उपाध्यक्ष गुरुङले बताए ।

    त्यसैगरी बन्दिपुर गाउँपालिका–१ स्थित कौसिनी छाप ठाडो खहरे खोलाले आसपास क्षेत्रका ६० घर परिवार पहिरोको कारण उच्च जोखिममा रहेको वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए । सुरक्षित स्थानमा एकीकृत बस्ती विकास गरी स्थानान्तरणको लागि पहल गरिदिन स्थानीय नरबहादुर चेपाङले आग्रह गरेको उनले बताए ।

    त्यसैगरी ऋषिङ गाउँपालिका–५ मा १२ घर परिवार विस्थापित हुने अवस्थामा रहेका छन् । नेत्रबहादुर पाटा, धनबहादुर सोती, सुकबहादुर दरै लगायतका करिब ४६ घर परिवार उच्च जोखिममा रहेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । उनका अनुसार ६ घरमा पूर्ण र ४० घरमा आंशिक क्षति भएको छ ।

    ऋषिङ जाने सडक तथा मार्गहरु अवरुद्ध भएकाले उद्दार गर्न नसकिएको उनले बताए । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । पहिराका कारण भित्र्याउने समयको मकै खेती र धानबालीमा पूर्ण क्षति भएको छ ।

    तनहुँमा बिहीबार र केही अघि अविरल वर्षापछि गएको पहिरामा परी तीन जनाको मृत्यु एक बेपत्ता भएका छन् । बन्दिपुर गाउँपालिका–३ तामुङमा एक महिला एक पुरुषको मृत्यु भएको थियो भने ऋषिङ गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । एक पुरुष अझै वेपत्ता भएका छन् ।

    बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिराले पुरिएर तनहुँमा एक जना बेपत्ता भएका छन् । यसरी पुरिएर बेपत्ता हुनेमा ऋषिङ गाउँपालिका कार्यालयका सुरक्षा गार्ड रहेका छन् ।

    ऋषिङ गाउँपालिका-८ निवासी वर्ष ३८ का खुमबहादुर थापा पहिरामा परी बेपत्ता भएका हुन् । घरमाथिबाट आएको पहिराले गोठ पुर्दा थापा बेपत्ता भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । डोजर लगाएर उनको खोजी कार्य भइरहेको उनले बताए ।रासस

  • सम्बन्धित विषय:

  • # बाढी पहिरो
  • # रासस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology