पोखरा । पोखरामा ला'गु औ'षध सहित दुई जना पक्राउ परेका छन् ।
शंका लागि चेकजाँच गर्ने क्रममा बुधबार पोखरा ६ लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले अ'वैध ला'गु औ'षध सहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा ९ नयाँबजार बस्ने २९ वर्षीय रोहित वली र सोही ठेगाना भएका ३९ वर्षीय संजिव ज्वारचन रहेका कास्कीका डिएसपी तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट डाईजापाम ८५ एम्पुल, फेनेरागन ८५ एम्पुल, नुर्फिन ८५ एम्पुल गरी जम्मा २५५ एम्पुल ला'गु औ'षध वरामद गरेको छ।
पक्राउ परेका उनीहरुमाथि ला'गु औ'षध सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।