Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरा छोरेपाटनमा प्रहरीलाई ५०० घुस खुवाउन खोज्ने एकजना पक्राउ

पोखरा छोरेपाटनमा प्रहरीलाई ५०० घुस खुवाउन खोज्ने एकजना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २४, २०७८ बिहिवार • १९:४७:३१ बजे
  • 3.9K
    SHARES
  • पोखरा छोरेपाटनमा प्रहरीलाई  ५०० घुस खुवाउन खोज्ने एकजना पक्राउ

    पोखरा ।कास्की प्रहरीले ड्युटीमा रहेका प्रहरीलाई घुस खुवाउन खोज्ने एकजनालाई पक्राउ गरेको छ ।

    images

    पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनस्थित चेक प्वाइन्टमा प्रहरीलाई नगद ५ सय घुस खुवाउन खोज्ने लु २ ख २९३ नंवरको बसका सहचालक स्याङ्गजा जिल्ला फेदीखोला गाउँपालिका -२ बस्ने ३५ वर्षीय मुक्तिराम पौडेललाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

    हमालका अनुसार पोखराबाट बुटवलतर्फ जाँदै गरेको उक्त बसलाई चेकिङ गर्ने क्रममा सहचालक पौडेलले ‘हामी मिलौं’ भन्दै ५०० घुस दिन खोजेका थिए। तर, ड्युटीमा खटिएको प्रहरीले घुस अस्विकार गर्दा पौडेलले प्रहरी माथि नै अभद्र व्यवहार गरेका थिए ।

    पक्राउ परेका पौडेललाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत मुद्धा चलाई अनुसन्धन प्रक्रिया अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology