Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु

कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०७८ शुक्रवार • १०:२७:३२ बजे
  • 694
    SHARES
  • कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु

    कोरोना भाइरसको सङ्क्रमणबाट इलाममा श्रीमान् श्रीमतीको एकै दिन मृत्यु भएको छ। माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमाको मृत्यु भएको हो।

    images

    टेकबहादुरको बिहीबार बिहान र लक्षीहाङमाको दिउँसो मृत्यु भएको हो। लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । एकै परिवारका दुईको निधन भएपछि गाउँमा त्रास फैलिएको छ। उनीहरुमा छ दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमित सबै जना होमआइसोलेशनमा थिए।

    दुई छोरा, एक बुहारी र दुई नाति हाल होमआइसोलेशनमा छन् । जिल्लामा सङ्क्रमितको सङ्ख्या दुई हजार १४४ पुगेको छ। सङ्क्रमितमध्ये एक हजार ७२१ जना निको भइसकेका छन् । ५२ जनाको निधन भएको छ भने ३७१ सङ्क्रमित उपचाररत छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology