Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

केही ठाउँमा ठूलो पानी पर्ने

देशका अधिकांश ठाउँमा वर्षा,तीन दिनसम्म पानी पर्ने सम्भावना

देशका अधिकांश ठाउँमा वर्षा,तीन दिनसम्म पानी पर्ने सम्भावना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०७८ शुक्रवार • १०:२८:५१ बजे
  • 940
    SHARES
  • देशका अधिकांश ठाउँमा वर्षा,तीन दिनसम्म पानी पर्ने सम्भावना

    देशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ । अझै केही दिन निरन्तर वर्षा हुने मौसमविद्ले बताएका छन् । तत्काल मौसम खुल्ने सम्भावना नदेखिएको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    आउँदो तीन दिनसम्म पानी पर्ने सम्भावना छ । अझै केही दिन देशभर बद्ली रहेर केही ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भने ठूलो पानी पर्नेछ । पछिल्लो २४ घण्टामा वाग्मती र गण्डकी प्रदेशमा ठूलो पानी परेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै चितवनको गोविन्द बस्तीमा एक सय ६३ दशमलव ८ मिलीमिटर पानी परेको छ भने कल्याणपुरमा एक सय २१ दशमलव २ मिलीमिटर पानी परेको छ ।

    अहिले पनि प्रदेश १ को पहाडी ठाउँ, वाग्मती, गण्डकी, कर्णाली र प्रदेश नम्बर दुईमा पानी परिरहेको छ । आज दिउँसो पनि देशैभर पानी पर्नेछ भने प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पर्ने महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology