Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोटरसाइकल दुर्घटनामा एकको मृ'त्यु

मोटरसाइकल दुर्घटनामा एकको मृ'त्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०७८ शुक्रवार • १०:३०:४६ बजे
  • 1.4K
    SHARES
  • मोटरसाइकल दुर्घटनामा एकको मृ'त्यु

    भक्तपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृ'त्यु भएको छ । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ'त्यु भएको हो ।

    images

    मृ'त्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भइ हाल सिन्धुपाल्चोकको बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

    बिहीबार साँझ काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा९३प ९६५२ नंको मोटरसाइकल अनियन्त्रित भइ सडकको बाँयापट्टिको रेलिङमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भट्टराईको मध्यपुर अस्पताल थिमिमा उपचारका क्रममा मृ'त्यु भएको हो ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology