Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चीनबाट आइपुग्यो ८ लाख डोज खोप

चीनबाट आइपुग्यो ८ लाख डोज खोप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०७८ शुक्रवार • १०:३८:५६ बजे
  • 1.3K
    SHARES
  • चीनबाट आइपुग्यो ८ लाख डोज खोप

    चीनबाट ८ लाख डोज खोप नेपाल आइपुगेको छ । चीनसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको उक्त परिमाणको भेरोसेल खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट आज बिहान ल्याइएको हो। खोप लिनको लागि निगमको जहाज बिहीबार चीन गएको थियो ।

    images

    चीनबाट अब निरन्तर खोप ल्याइने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले बताए । आजदेखि साउन ८ गतेसम्म तीन उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गरेको हो । ६० वर्षमुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा खोप लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । यस्तै कोभ्याक्स सुविधामार्फत आउने खोप पनि छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ ।

    यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य छ । अहिलेसम्म आठ लाख ५१ हजार जनालाई दोस्रो मात्रा २६ लाख ११ हजार जनालाई पहिलो मात्राको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # चीन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology