Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तनहुँको ऋषिङमा पहिराेमा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला

तनहुँको ऋषिङमा पहिराेमा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०७८ शुक्रवार • १०:५६:०२ बजे
  • 715
    SHARES
  • तनहुँको ऋषिङमा पहिराेमा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला

    दमाैली । तनहुँको ऋषिङ गाउँपालिकामा पहिराेमा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ। बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो।

    images

    ऋषिङ–८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको शव ११ घण्टापछि फेला परेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्रबहादुर आलेले जानकारी दिए। ठूलो पहिरा भएकाले धेरैबेर खोजी गर्दा पनि भेटिएको थिएन। प्रहरी र स्थानीयवासीले बिहानैदेखि खोजी गरे पनि साँझ मात्र शव फेला परेको हो।

    बिहान साढे ५ बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिराे खस्दा पुरेको थियो। पहिराेले पुरिएर बिहीबार नै ऋषिङ–७ दधिवन निवासी ५२ वर्षीया देवीसरा थापाको मृत्यु भएको छ। उनको शव पनि दिउँसो मात्रै फेला परेको थियो। घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उनको मृत्यु भएको थियो। मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भएका छन्। घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गडेको र चप्पल टिप्न खोज्दा पहिराले पुरिएको स्थानीयवासीले बताएका छन्।

    यस्तै खोलाले बगाएर बेपत्ता भएका म्याग्दे गाउँपालिका–४ का मैतबहादुर नेपाली भने फेला पर्न नसकेको प्रहरीले जनाएको छ।

    बाढीले ७२ घर विस्थापित

    बाढीपहिराले तनहुँको बन्दीपुर गाउँपालिकाका ७२ घरधुरी विस्थापित भएका छन्। एउटै वडामा ४८ सहित ७२ घर बाढीपहिराबाट विस्थापित भएका हुन्।

    बन्दीपुर–२ खहरे, धारापानी, वडा नं ३ रामकोट र वडा नं ५ कल्चोकमा बाढीपहिराले ७२ घर विस्थापित भएका हुन्। बाढीले खहरेमा १३ घर पूर्ण क्षति र नौ घर आंशिक क्षति भएको तथा २६ घर उच्च जोखिममा रहेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन्उनका अनुसार धारापानीमा १२ घर उच्च जोखिम, रामकोटमा सात घर र कल्चोकमा पाँच घर उच्च जोखिममा परेका छन्।

    विस्थापित भएकाहरु कृषि केन्द्र र खहरे आमा समूहको भवनमा आश्रय लिन बाध्य छन्। ‘घरभित्र पानी पसेर कतिपय सामग्रीमा पनि क्षति पुग्यो, बचेका सामग्रीसहित कृषि केन्द्र र खहरे आमा समूहको भवनमा स्थानान्तरण गरेका छौँ’, गुरुङले भनिन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology