Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गाई काटेको अभियोगमा चितवनमा तीन जना पक्राउ

गाई काटेको अभियोगमा चितवनमा तीन जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २५, २०७८ शुक्रवार • १०:५८:२४ बजे
  • 901
    SHARES
  • गाई काटेको अभियोगमा चितवनमा तीन जना पक्राउ

    चितवन । गाई काटेको अभियोगमा चितवनमा तीन जनालाई पक्राउ परेका छन। पूर्वी चितवनको कालिका नगरपालिका–१ सुन्दरबस्तीबाट उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरिएको हो।

    images

    पक्राउ पर्नेमा कालिका–१ की ३२ वर्षीया उर्मिला परियार, १६ वर्षिय सविन परियार र १६ वर्षिय सुवास परियार रहेको कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनीहरुले बुधबार दिउँसो स्थानीयवासी महेन्द्र सुवेदीको केराबारी नजिक घोलको खाली जग्गामा गाई काटेका थिए।

    गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई पशुपक्षीसम्बन्धी कसुरमा जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ। प्रहरीले बिहीबार साँझ घटनाको विवरण सार्वजनिक गरेको हो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology